काफ्लेपाटीमा केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङमा झडप
काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका– १० काफ्लेपाटीमा केबलकार निर्माणको विषयलाई लिएर झडप भएको छ । पाथीभरा दर्शनका लागि केबलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो । पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरू आन्दोलित छन् ।
केवलकार निर्माण भए प्रकृति नष्ट हुने बताउँदै उनीहरूले रोक्न माग गर्दै आएका हुन् । शुक्रबार दिउँसो तल्लोफेदीमा स्टेशन बनाउन शिलान्यासको कार्यक्रम राख्दा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । झपडमा परी ६ जना घाइते भएका छन् ।
झडपमा केबलकार बनाउने पक्षका दुई, विपक्षका एक, अन्य स्थानीय एक र सुरक्षाकर्मी दुई गरी छ जना घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पताललगायत स्थानीय अस्पतालमा उपचार भइरहेको छ । केवलकार निर्माणका विषयमा दुईपक्षबीच केहीबेर ढुङ्गा हानाहान भएको थियो ।
प्रतिक्रिया