रविको वारे ठोस निर्णय नलिएको भन्दै समर्थकको पार्टी कार्यालयमा दवाब

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा)को कार्यालय बनस्थलीमा कार्यकर्ताहरुले रबि लामिछानेको बारेमा ठोस निर्णय लिन नसकेको भन्दै नेताहरुलाई दबाव दिएका छन् । 

आज रा.स्व.पा. को केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ । सोही मौका पारेर कार्यकर्ता र समर्थकहरुले पार्टी सभापति लामिछाने पक्राउ गरेको लामो समय भइसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै पार्टीको केन्द्रीय कार्यालयमै पुगेर दवाब दिएका छन् ।

बिभिन्न नारा लेखिएका प्लेकार्ड सहित उनीहरुले दवाब दिएका हुन्  उनीहरुले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ डराउनेलाई आँट दिन्छौँ, आफ्नै नेताहरूलाई नो नट अगेन भन्ने दिन नआओस् भन्ने नारा लेखेर दबाव दिएका हुन् । 

प्रतिक्रिया