सुरक्षाकर्मीलाई मिलाउने भन्दै रकम असुली गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । कैलालीमा सुरक्षाकर्मीलाई मिलाउने भन्दै रकम असुली गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

गौरीफन्टा नाकाबाट आइरहेका गोदावरी नगरपालिका–२ अत्तरिया बस्ने २७ वर्षीय लोकेन्द्र ओझाबाट केही रकम लिएको आरोपमा दुई जना अटो रिक्सा चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका–३ मिलनचोक बस्ने २५ वर्षीय मनोज बहेडी र धनगढी–२ चौराह बस्ने ३१ वर्षीय करन बोहरा रहेका छन् ।

प्रतिक्रिया