देशको विकास र समृद्धिका लागि भ्रष्टाचार अन्त्य गर्ने संकल्पसहित नेताहरु अगाडि बढ्नु पर्छ - पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको विकास र समृद्धिका लागि भ्रष्टाचार अन्त्य गर्ने संकल्पसहित नेताहरु अगाडि बढ्नु पर्ने बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मानिस नै पाउन मुस्किल भइरहेको भन्दै नेता र कर्मचारीहरु भ्रष्टाचार अन्त्य गर्ने संकल्प लिएर अघि बढ्नुपर्ने बताएका हुन् । उनले देशमा देखा परिरहने राजनीतिक अस्थिरता अन्त्यका लागि राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने आवश्यकता पनि औल्याए । 
अध्यक्ष भट्टराईले केही प्राविधिक कारणले ढिलाई भएपनि नेपाल बदल्ने संकल्पसहित आफ्नो पार्टीले देशभर अन्य पार्टीको विकल्पका रुपमा फरक पहिचानसहितको अभियानलाई तीव्रता दिईरहेको पनि दाबी गरे ।

प्रतिक्रिया