पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा १७ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा  रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी  १७ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् । 

क्वेटा रेलवे स्टेसनमा विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको बताउदै मृतकको सङ्ख्या अझै बढ्न सक्ने पाकिस्तानी प्रहरी महानिरीक्षक मोअज्जम जाह अन्सारीले बताएका छन् । 

अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानिय समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा  रेलले यात्रुहरूलाई  पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ ।  

पछिल्लो समयमा आतङ्वादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्पोटका घटनाहरु बढाउदै आएको जनाइएको छ ।  

गत अगस्टमा भएको दर्जनौँ आक्रमणको  जिम्मेवारी बीएलएले  लिएको थियो जसले कम्तीमा ३९ जनाको ज्यान लिएको थियो ।

रासस 

प्रतिक्रिया