राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शनिबार बस्ने भएको छ  । 

बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बालाजुमा बस्ने भएको हो । उक्त बैठकमा आसन्न उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

यस्तै, बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने छ ।

सहकारी ठगि तथा संगठित अपराधको कसुरमा सभापति लामिछाने पक्राउ परे पछि रा.स्व.पा.ले निरन्तर सरकार विरुद्ध आन्दोलन गरिरहेको थियो । तर, सभापति पक्राउ परे पछि केन्द्रिय समितिको बैठक पहिलो पटक बस्न लागेको हो ।

प्रतिक्रिया