राप्रपा अध्यक्ष लिङदेनद्धारा राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको दाबी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आफ्नो पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् ।

शनिवार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा  सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको दाबी गरेका हुन् । उनले काँग्रेस सांसद डा. सुनिल शर्मााई सत्ता पक्षकै मन्त्रीहरुमाथि प्रश्न उठाएर राजीनामा मागेका कारण पक्राउ गरिएको आरोप पनि लगाए । 
अध्यक्ष लिङदेनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राखेको विषयमा छलफल हुनुपर्ने पनि बताए । उनले युवाहरुलाई राजनीति काम छैन भनेर पर बस्ने नभइ राजनीतिमा हस्तक्षेपकारी भुमिका खेल्न आग्रह समेत गरे ।

प्रतिक्रिया