सरकार सुशासन र समृद्धिका लागि दृढ भएर लागिरहेको प्रधानमन्त्रीको भनाइ, युवाहरुलाई बिदेश जानबाट रोक्न ठूला परियोजना शुरु गर्ने प्रतिवद्धता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सुशासन, न्याय र समृद्धिका लागि दृढ भएर लागिरहेको बताएका छन् ।
शनिबार विश्व युवा दिवसको अवसरमा चितवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकार नमुना कार्य गर्ने दिशामा अघि बढेको दाबी गरेका हुन् । उनले हरेक मन्त्रीहरुलाई नमूना कार्य गरेर देखाउनका लागि कार्य सम्पादन सम्झौता गरिएको पनि उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न सरकारले ठूला परियोजनाहरु शुरु गर्न लागेको पनि बताए । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका क्रममा नेपालको आधुनिक कृषिलाई अगाडि बढाउने बिषयमा महत्वपूर्ण सम्झौताहरु भएको पनि उल्लेख गरे ।
निजी भ्रमणको शिलशिलामा शुक्रबार चितवन पुगेका प्रधानमन्त्री दाहाल भोलि मात्रै काठमाडौं फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया