सरकारको सफलता र असफलतासँग कांग्रेसको प्रतिष्ठा जोडिएको छ : नेता महर
डडेल्धुरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले जनतामा छाएको निरासालाई आशामा बदल्न सरकार जनअपेक्षाअनुसार चल्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेको कार्यक्रममा उनले सय दिने अवधिमा गरेका कामको समीक्षा गर्दै संसद्का दुई ठूला पार्टी मिलेर बनेको सरकारको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
“सरकारको सफलता र असफलतासँग कांग्रेसको प्रतिष्ठा जोडिएको छ । त्यसैले जनसन्तुष्टिका लागि काम गर्नुको विकल्प छैन”, नेता महरले भने ।
महरले संविधानमा लेखिएको निःशुल्क स्वास्थ र शिक्षा प्राप्त गर्ने जनताको हक कार्यान्वयन गराउन देशका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले मङ्सिर पहिलो हप्तादेखि विमर्श अभियान सुरु गर्ने जानकारी समेत दिए ।
प्रतिक्रिया