सहकारी ठगि आरोपमा कांग्रेस उपसभापति धनराजकी पूर्वपत्नी विरुद्ध रेड नोटिस जारी

काठमाडौं । सहकारी ठगि गरेको आरोपमा कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी भएको छ ।

मितेरी सहकारीको बचत अपचलनमा ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड नोटिस जारी भएको हो ।

अर्का फरार प्रतिवादी ज्योति बहादुर भन्डारी हुन् । इन्टरपोलले नेपाल प्रहरीको आग्रहमा उक्त नोटिस जारी गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले उनीहरुविरुद्ध रेड नोटिस जारी गर्न नेपालस्थित नेसनल कन्ट्रोल ब्युरो–एनसिबीमार्फत इन्टरपोललाई आग्रह गरेको थियो ।

प्रतिक्रिया