केबलकार निर्माणको शिलान्यास गर्ने क्रममा झडप हुँदा ३ जना घाइते
काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका– १० काफ्लेपाटीमा केबलकार निर्माणको विषयलाई लिएर झडप भएको छ ।
पाथीभरा दर्शनका लागि केबलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो ।
पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरू आन्दोलित छन् । केवलकार निर्माण भए प्रकृति नष्ट हुने बताउँदै उनीहरूले रोक्न माग गर्दै आएका हुन् ।
शुक्रबार दिउँसो तल्लोफेदीमा स्टेशन बनाउन शिलान्यासको कार्यक्रम राख्दा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । झपडमा परी तीन जना घाइते भएका छन् । एक पक्षले शिलान्यास गर्न खोज्दा अर्को पक्षले त्यहाँ निर्माण गर्न नहुने भन्दै ढुंगामुडा गर्दै अवरोध गरेको थियो ।
संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरूवाती विन्दु काफ्लेपाटीमा आज बिहान पूजा गर्दै संयुक्त रूपमा केवलकार निमार्णको शिलान्यास गरेका थिए ।
प्रतिक्रिया