संसदीय सुनुवाई समितिद्वारा सर्बोच्चमा प्रस्तावित दुई न्यायाधीशको नाम अनुमोदन
निष्ठाका साथ न्याय सम्पादन गर्ने निरौला र पाण्डेको प्रतिवद्धता
काठमाडौ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र निaत्यानन्द पाण्डेलाई सर्वसम्मत रुपमा न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो । निरौलाबिरूद्द २ वटा उजुरी समेत परेको थियो । उजुरीसहितका विषयमा सुनुवाईपछि समितिले दुवैको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले व्यक्तिगत र सामूहिक पहलबाट न्यायिक सुशासन कायम गर्ने काममा आफू सहयोगी बन्ने बताए । उनले आफ्नो १० बुँदे कार्ययोजना प्रस्तुत गर्दै कानून संवत र निष्ठाका साथ न्याय सम्पादन गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै, आफ्नो कार्ययोजना पेश गर्दै प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले न्यायपालिकाप्रति जनआस्था बृद्धि गर्ने कार्यमा लागिपर्ने प्रतिवद्धता जनाए ।
सुनुवाइका क्रममा सांसदहरूले न्यायालय सुधार, सुशासन, मुद्दा फैसलामा ढिलाइ लगायत बारे प्रश्न गरेका थिए । निरौला र पाण्डेलाई असोज ११ गते बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । अब राष्ट्रपतिले नियुक्त गरेसँगै उनीहरु पदमा बहाल हुनेछन् ।।
प्रतिक्रिया