लडाकु घोटाला काण्ड : आगामी पेसी महान्यायाधिवक्ता कार्यालयलाई जानकारी दिनुपर्ने
काठमाडौं । लडाकु शिविर घोटाला काण्ड प्रकरणमा पूर्व लडाकुले दायर गरेको रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयलाई आगामी पेसीको जानकारी गराउनु भन्ने आदेश दिएको छ ।
सर्वोच्चले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराईलाई विपक्षी बनाई पेसीको जानकारी गराउनुपर्ने आदेश दिएको हो ।
पूर्व बाल सैनिक लेलिन विष्टले दर्ता गरेको दुई थान निवेदन शुनवाइका लागि आज पेसी तोकिएको थियो । न्यायाधीशहरू मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिएको थियो ।
लडाकु शिविर घोटाला प्रकरणमा अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई र कृष्णबहादुर महरामाथि कारबाही गर्नुपर्ने माग थियो ।
प्रतिक्रिया