स्टार स्पोर्ट्सले ‘एनपीएल’लाई प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं । भारतीय चर्चित टेलिभिजन स्टार स्पोर्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुलाई प्रत्यक्ष प्रशारण (लाइभ) गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एनपिएल पहिलो संस्करणको प्रसारण अधिकारका लागि कमर्सियल राइट्सको अधिकार पाएको ब्रान्ड लजिक कम्पनीले स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

नेपाल प्रिमियर लिग आगामी मंसिर १६ गतेबाट सुरु भएर पुस ६ गते समाप्त हुनेछ । प्रतियोगितामा ८ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया