सुन तस्करी प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन पक्राउ

सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी राकेशकुमार अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् । रोहनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो । भारतीय राहदानीमा नेपाल आएका उनलाई पक्राउ गरेर अध्यागमनले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ । राकेश भने सुन बरामदपछि फरार छन् । यसअघि अडुकियाको घरमा विभागले छापा मारेको थियो । सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक  पनि शुक्रबार राति त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर सीआईबीको जिम्मा लगाएको थियो ।।

प्रतिक्रिया