रा.स्व.पा.ले डाक्यो केन्द्रीय समिति बैठक, उपनिर्वाचनबारे छलफल हुने
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक शनिबार (भोली) बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ ।
बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
“हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौँ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट छलफल गर्छाैँ ।” सह–महामन्त्री बुर्लाकोटीले भन्छन्,“बैठकमा पार्टीको रानीतिक, साङ्गठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ ।”
सहकारी ठगि तथा संगठित अपराधको कसुरमा सभापति लामिछाने पक्राउ परेपछि रास्वपाले निरन्तर सरकार विरुद्ध आन्दोलन गरिरहेको थियो । तर, सभापति पक्राउ परेपछि केन्द्रिय समितिको बैठक पहिलो पटक बस्न लागेको हो । उपनिर्वाचनका लागि रास्वपाले सातै प्रदेशमा निर्वाचन संयोजनको निम्ति पार्टीका पदाधिकारीसहित नेताहरुलाई खटाइसकेको छ ।
प्रतिक्रिया