कागजी प्रमाण पैसाको आधारमा तयार हुन्छ, अन्यायमा परेकाले न्याय पाउँदैनन् : सांसद शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले न्याय सम्पादन सबै कागजी प्रमाणको आधारमा हुने भएकाले मिलाएर अन्याय गरेकाले न्याय पाउने घटना हुने गरेको बताएका छन् ।
संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको सुनुवाइमा बोल्दै कागजी प्रमाण पहुँच र पैसाको आधारमा पनि तयार हुने गरेको बताएका हुन् ।
‘हाम्रो न्याय सम्पादनको विधि र प्रक्रिया सबै कागजी प्रमाणको आधारित छ । घटना त थाहा पाउने कुरा भएन । कागज बनाउने प्रक्रिया हेर्दा बनाउने मान्छे, उसको पहुँच, क्षमता, आर्थिक स्रोतलगायतको धेरै कुराले प्रभावित गरेका हुन्छन्,’ उनले भने, ‘बयान पनि कागजमा लेख्ने बनाउने कुरा हो । जसले गर्दा कहिलेकाहीँ तथ्यहरू ओझेल गर्ने र न्याय पाउनुपर्ने मान्छेले नपाइरहेको अवस्था हुन्छ ।’
सर्वोच्चमा जाँदा कागजी प्रमाणको आधारमा अन्यायमा परेकाले न्याय नपाउने र कागज मिलाएर अन्याय गरेकाले न्याय पाउने घटना पनि बढेको भन्दै त्यसलाई रोक्ने योजना अघि सार्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया