कांग्रेसको मेची–महाकाली ‘युवा सङ्कल्पयात्रा’ शुरु

झापा । नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ आज बाट शुरू भएको छ । 

यात्रा झापाको काँकडभिट्टा बाट शुरु हुनेछ । यो यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज,  भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मंसिर ४ गते महाकाली पुगेर समापन हुनेछ । यो यात्रा बाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित गर्ने नेपाली कांग्रेसको अपेक्षा छ ।

यस अभियान मार्फत् रोजगारी सुनिश्चितताका लागि दबाव सिर्जना गर्ने, सुशासनका लागि खबरदारी गर्ने तथा मूल्यवृद्धि नियन्त्रणको विषय प्रखर रूपमा उठाउने कांग्रेसको तयारी छ । 

यो अभियानले सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाव समेत सिर्जना गर्ने अभियानमा सहभागीले बताएका छन् ।

प्रतिक्रिया