अमेरिकाको लोकतान्त्रिक प्रणाली निष्पक्ष रहेको बाइडेनको दाबी
एजेन्सी । चुनावी नतिजा पछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
उनले सम्बोधनका क्रममा अमेरिकाको लोकतान्त्रिक प्रणाली निष्पक्ष रहेको दाबी गरेका हुन् । आफ्नो कार्यकाल सकिन ७४ दिन बाँकी रहेकोमा आफूले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गरेर विदा हुन चाहेको बताएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार उनले अमेरिकाको लोकतान्त्रिक प्रणाली निष्पक्ष रहेको र देशले जे चाहान्छ, यहाँको नेतृत्व उसैले गर्ने स्पष्ट पारे । राष्ट्रपति बाइडेनले चुनावमा पराजय भएपनि उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरेका थिए ।
आफनो पार्टीले चुनावी हारको बावजुद लोकतन्त्रले जितेको उनको भनाइ छ ।
प्रतिक्रिया