ट्रम्प अमेरिकाको राष्ट्रपति विजयी भएको दुई दिन पछि पुटिनले दिए बधाई
एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति विजयी भएका डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
भल्दाई इन्टरनेशनल डिस्कसन क्लबमा आयोजित एक कार्यक्रमका क्रममा उनले ट्रम्पलाई बधाई दिएका हुन् । पुटिनले आफ्नो बधाई सन्देशमा उनले अमेरिकी जनताले विश्वास गर्ने राष्ट्र प्रमुख सँग काम गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पुटिनले ट्रम्पलाई साहसी व्यक्तिको रूपमा वर्णन गरे । पुटिनले युक्रेन युद्ध अन्त्य गर्न सहयोग गरेको ट्रम्पको दाबीमा पनि ध्यान दिनुपर्ने बताए । आफ्नो चुनावी अभियानका क्रममा पनि ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न सक्ने जस्ता दाबी धेरै पटक गरेका थिए ।
रुसी राष्ट्रपतिको बधाई सन्देश ट्रम्पको विजयको करिब दुई दिन पछि आएको हो ।
प्रतिक्रिया