संयुक्त टोली द्वारा सीमास्तम्भको निरीक्षण

सुनसरी । सुनसरी स्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । 

सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढी बाट सीमास्तम्भमा क्षति भए नभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो । 

टोलीले सीमास्तम्भ १८२ देखि २सय ११ नम्बरसम्म निरीक्षण गरेको उनले बताए ।  
रासस 

प्रतिक्रिया