कांग्रेस सांसद सुनिल शर्मा पक्राउमा एमालेको आपत्ति
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी सांसद ज्वालाकुमारी शाहले शर्माको पक्राउप्रति आपत्ति जनाएकी हुन्। ‘नेपाली कांग्रेसको माननीय सुनिल शर्माजीलाई जो सुन काण्ड प्रकरणमा भ्रष्टाचारीलाई पटक-पटक उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ भन्ने आवाज उठाइरहेको व्यक्तिलाई आज कुन हिसावबाट समातिएको छ ?’ उनले प्रश्न गरिन् ।
‘सांसद शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहनुभएको थियो,’ सांसद साहले भनिन्,‘अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्छ भनिरहनु भएका उहाँलाई म्याद सकिइसकेको प्रमाणपत्रको मुद्दामा पक्राउ गरिएकोमा हाम्रो आपत्ति छ।’
सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार पक्राउ गरेको थियो।
उनलाई नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सीआईबीले पक्राउ गरेको हो ।
प्रतिक्रिया