रास्वपालाई माधवको ढाडस- विधि मान्छु भन्नेहरु भिड जम्मा गर्छन, लोकप्रियताको गन्तव्य लामो हुँदैन्
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीले भिडबाट आफ्नो कुरा सिद्ध गर्न खोजेको बताएका छन् ।
मार्क्सवादी ज्ञान केन्द्र गण्डकी प्रदेशद्वारा आयोजित लोकप्रियतावाद, सिद्धान्त, समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विधि मान्छु भनेपनि भिडद्वारा आफ्नो कुरालाई सिद्ध गर्न खोजिरहेको बताएका हुन् ।
‘मुलधारमा राजनीतिज्ञलाई पार्टीको आफ्नो अनुशासन र विधान हुन्छ’, उनि भन्छन्, ‘लोकप्रियतावादीहरुलाई विधि र प्रक्रियाले कम बाँध्छ ।’
‘विधि मान्छु भन्नेहरु भिड जम्मा गरेर आफ्नो कुरालाई सिद्ध गर्न जोड दिइरहेका छन्’, उनले भने ।
सांसद सापकोटाले लोकप्रियतावादको लामो गन्तव्य नहुने बताए ।
प्रतिक्रिया