पोखरा विमानस्थलमा डेढ वर्षपछि अन्तर्राष्ट्रिय उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको छ ।

०८० असार ६ गते पहिलो पटक चार्टर्ड उडान गरेको सिचुवान एयरलाइन्सले बिहीबार दोस्रो उडान गरेको छ । यसबीचमा अन्य कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् ।

पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चीनको कुनमिङबाट आएका खेलाडीहरूलाई लिएर सिचुवान एयरलाइन्सको जहाज बिहीबार पोखरामा अवतरण गरेको हो । 

यो जहाजले १ सय २० जना यात्रु बोकेर आएको हो । सिचुवानले एयरबस ३ सय १९ जहाजबाट पोखरामा उडान गरेको हो ।

प्रतिक्रिया