उपनिर्वाचन : रा.प्र.पा.ले खटायो कमाण्डर, गठबन्धन नगर्ने एक्लै भिड्ने

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिरमा हुन लागेको स्थानिय तह उपनिर्वाचनको लागि पार्टीका पदाधिकारीसहित अन्य नेताहरुलाई निर्वाचन क्षेत्रमा कमाण्डर रुपमा खटाएको छ ।

भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरूङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष सोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाहीलाई निर्वाचन क्षेत्र तोकेको कमाण्ड बनाएर पठाइएको छ ।

यस्तै, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल, दीपकबहादुर सिंह, राजराज कोइराला, प्रदीप उदय, कुन्तीकुमारी शाही, दिपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धवलशम्शेर जबरा, प्रेम बलायर, धर्मराज जोशीलाई निर्वाचन क्षेत्रका कमाण्डर बनाएर खटाएको हो ।

स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा आगामी मंसीर १६ गते हुने उपनिर्वाचनमा राप्रपाले कुनै दलसँग पनि तालमेल नगरी चुनाव लड्ने तयारी गरेको छ । 

केही क्षेत्रमा उम्मेदवार टुंगिसकेको भएपनि केही दिनमा सबै ठाउँमा उम्मेदवार टुंग्याएर चुनावी अभियानमा लाग्ने राप्रपाले जानकारी दिएको छ ।

गत निर्वाचनमा राम्रो प्रभाव नदेखिएकोले त्यसलाई केन्द्रित गरेर अहिले प्रत्येक निर्वाचन क्षेत्रमा नेतालाई नै स्थानीय तहमा पुग्नेगरी खटाइएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया