सबै दललाई विश्वासमा लिएर गतिरोध हटाउन सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा जारी गतिरोधप्रति चासो व्यक्त गरेका छन् । आज बिहान सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले संसदको गतिरोधप्रति चासो राखेका हुन । भेटमा उनले लामो समय संसद चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानुन निर्माणमा समेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे दुबै सदनका प्रमुखसँग चासो राखेको राष्ट्रपति कार्यालयले जनाएको छ । सत्ता र प्रतिपक्षीलगायत संसदमा रहेका सबै दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न पनि राष्ट्रपति पौडेलले ध्यानाकर्षण गराएका छन । यसअघि हिजो राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर सरकारका काम, संसदको गतिरोध लगायतका विषयमा चासो राखेका थिए ।।
प्रतिक्रिया