टी–२० महिला विश्वकप छनोटमा नेपालको सानदानर जित
कुवेत १०८ रनले पराजित
काठमाडौ । आईसीसी उन्नाइस बर्ष मुनिको टी–२० महिला विश्वकपको एसिया छनोटमा नेपालले कुवेतमाथि सानदानर जित हासिल गरेको छ । कुवेतलाई १०८ रनले विशाल अन्तरले पराजित गर्दै नेपाललेसानदानर जित हासिल गरेको हो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा अलआउट भयो । जिफा जिलानीले अविजित १२ रन बनाइन्।
नेपालका लागि रचना कुमारी चौधरी र सीमा केसीले २–२ तथा पुजा महतो, कृश्मा गुरुङ र मनिशा कुमारी उपाध्यायले १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १३० रन बनाएको थियो ।
नेपालका लागि पुजा महतोले ३४, साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशा कुमारी यादवले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
कुवेतका लागि भने आयेशा इक्बाल पेवेकरले २ विकेट लिइन् ।
यससँगै नेपालले विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो ।
प्रतिक्रिया