फेवाफाँटको जेठोबुढोमा गभारो : भित्राउने बेला धान न पराल

गण्डकी । जेठोबुढो धानको पकेट क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित  छन् । बालमा अन्न लागेको छैन ।  पराल पनि पशुले नखानेगरी बिग्रिएको छ । 

गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे ।  गभारोले यस अघि बाली सखाप  नपारेको अनुुभव उनले सुनाए । रोग बारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् । 

यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले  फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ । “ फेवाफाँटमा गभारोको प्रकोप रहेछ । समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ,”महाशाखा प्रमुख मनोहर कडरियाले भने। 

साथै उनले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरू बाट सहयोग हुनुपर्नेमा जोड दिए । 
रासस 

प्रतिक्रिया