चितवनमा मापदण्ड विपरीतका संरचना भत्काइँदै

चितवन । भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन शुरु गरे पछि घरधनी आफैँले भत्काउन थालेका छन् । 

महानगरले पुङ्गी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रम अघि सारे सँगै नियम विपरीत निर्मित संरचना घरधनीले आफैँ भत्काउन थालेका हुन् ।
 
गत असोज २ गते महानगरपालिकाले केही संरचनामा डोजर चलाएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट अतिक्रमण गरी बनाइएका संरचना घरधनी आफैँले भत्काउन थालेको बताउछन् ।  पुङ्गी खोलाको बाइपास सडक देखि लाइन्सचोक सम्म अतिक्रमण गरी बनाइएका संरचना घरधनीले आफैँले भत्काइरहेका छन् । 
 
पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना बाट ६ करोड ६५ लाख बजेट विनियोजन भएको छ । 
 
बाइपास सडक देखि नारायणी नदी सम्म पुङ्गी खोला ६ दशमलव ५ किलोमिटर मध्ये बाइपास बाट लायन्सचोक सम्म तीन किलोमिटर र  त्यहाँ बाट नारायणीनदी सम्म सौन्दर्यीकरणको काम गत वर्ष देखि जारी छ । नगरलाई सुन्दर बनाउन खोला किनारका मुख्य बजारमा उद्यान, कसरत गर्ने स्थल, पैदलमार्ग लगायत संरचना निर्माण हुने छन् । 
रासस 

प्रतिक्रिया