प्रधानमन्त्री ओली द्वारा छठ पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत सबैमा शुभकामना व्यक्त गर्दै प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्य सँग जोडिएको र सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमा बाट नै समयको मापन शुरु भएको बताएका छन् । प्रधानमन्त्री ओलीले  पुर्खाहरूले प्राचीन समय देखि नै सूर्यलाई इष्टदेवका रूपमा पुजिदै आएको बताएका छन् । 

“सूर्यको उपासना गरी मनाइने छठ पर्व, आज प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्य सँग जोडिएको छ, सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमा बाट नै समयको मापन शुरु भयो”, छठ पर्वको अवसरमा शुभकामनामा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हाम्रा पुर्खाहरूले प्राचीन समय देखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन्, सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठको अवसरमा सबैलाई शुभकामना ।”
रासस 

प्रतिक्रिया