सुन तस्करी प्रकरणमा दुई चिनिया नागरिक पक्राउ

क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले गएराति नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको हो । विमानस्थल अध्यागमन कार्यालयले प्रहरीबाट अपराधमा संलग्न केही व्यक्तिको नाम कालोसूचीमा राख्न अनुरोध भइ आएको र त्यसमध्येका दुई चिनियाँ कालो सूचीमा रहेको खुलेपछि पक्राउ गरिएको जनाएको छ । दुवै चिनियाँ नागरिक हङकङबाट क्याथे प्यासेफिकको उडानमा ल्याइएको तस्करीको सुन प्रकरणका मुख्य अभियुक्तमध्येका रहेको प्रहरीको दाबी छ । यही सुन प्रकरणमा यसअघि विमानस्थलबाट छेन्दु भाग्न लागेका एक अर्का चिनियाँ नागरिक यसअघि नै पक्राउ परेका थिए । यही प्रकरणमा तिब्बती मूलका बेल्जियम नागरिक र भारतीय नागरिकसहित २० जना प्रहरीको नियन्त्रणमा रहेका छन । क्विन्टल सुन तस्करी प्रकरणमा संगठित अपराधको दफा लगाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया