अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई विश्वभरवाट बधाईको ओइरो
काठमाडौं। अमेरिकी राष्ट्रपतीय चुनाव डोनाल्ड ट्रम्पले जित्ने निश्चितप्रायः देखिएपछि विश्वभरका नेताहरुले उनलाई बधाई दिएका छन ।
अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित भएपछि उनलाई विश्व शक्ति राष्ट्रले बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका हुन । उनलाई फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ, बेलायती प्रधानमन्त्री किअर स्टार्मर, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की लगायतले बधाइ दिदै सहकार्य गर्न तयार रहेको बताएका हुन । हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बानदेखि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्मले उनलाई बधाई दिएका छन । भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पको अघिल्लो कार्यकालका सफलताहरूलाई निरन्तरता दिँदै, भारत र अमेरिकाबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने चाहना व्यक्त गरेका छन् ।
उता निर्वाचित हुँदा विश्वका विभिन्न देशका स्टक मार्केटहरूले फरक फरक प्रतिक्रिया देखाएका छन् । खासगरी अमेरिका, युरोपदेखि रसिया र भारतीय स्टक मार्केटमा यसको सकारात्मक प्रतिक्रिया देखिँदा चीन र मध्यपूर्वका देशहरूको बजार भने घटेका छन् । विश्वकै सबैभन्दा ठुलो स्टक एक्सचेन्ज मानिने अमेरिकी स्टक बजार न्यूयोर्क स्टक एक्सचेन्ज १.३५ प्रतिशतले बढेको हो । अमेरिकाकै डाउ जोर इन्डष्ट्रियल एभरेज २.४२ प्रतिशतले बढेको छ । त्यस्तै एसपी ५०० परिसूचक १.२३ प्रतिशत तथा नास्वाक कम्पोजिट परिसूचक १.४२ प्रतिशतले बढेको छ ।
युरोपको सबैभन्दा ठुलो स्टक एक्सचेन्ज एफटीएसई १०० इन्डेक्सले बजार खुल्ने बित्तिकै सकारात्मक बाटो लिएको छ । त्यस्तै, फ्रान्सको सीएसी ४० इन्डेक्स १.६६ प्रतिशतले बढेको छ । जर्मनीको डीएएक्स इन्डेक्स १.१६ प्रतिशतले बढेको छ । चीनको सबैभन्दा ठुलो स्टक एक्सचेन्ज सांघाई स्टक एक्सचेन्जको एसएसई कम्पोजिट परिसूचक भने ०.०९ प्रतिशतले घटेको छ । त्यस्तै, हङकङ स्टक एक्सचेन्जको हाङसेन परिसूचक २.२८ प्रतिशतले घटेको छ । थाइल्यान्ड र दक्षिण कोरियाका परिसूचक पनि आज सामान्य घटेका छन् ।
रुसमा भने सबैजसो स्टक एक्सचेन्ज बजारहरु उच्च दरमा बढेका छन् ।
प्रतिक्रिया