सुदूरपश्चिमले हात पार्यो यू–१९ क्रिकेटको उपाधि, लुम्बिनी ८ रनले पराजित
काठमाडौं । नरेश श्रेष्ठ मेमोरियल यू–१९ ओडीआई क्रिकेटमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले उपाधि जितेको छ ।
अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरेर उपाधि जितेको थियो ।
सुदूपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३.१ ओभरमा १ सय १९ रनमा अलआउट भयो ।
सुदूरपश्चिम प्रतियोगिताको पहिलो खेलमा पराजित भएको थियो । सुदूरपश्चिमले पछिल्लो ५ खेलमा लगातार जितका साथ फाइनलमा स्थान बनाएको थियो ।
सुदूरपश्चिम प्रदेश लिग चरणको पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । लिग चरणमा लुम्बिनीले सुदूरपश्चिममाथि ४१ रनको जित हात पारेको थियो ।
लिग चरणको सुरुवाती पाँच खेलमा लगातार जित हात पारेको लुम्बिनी मंगलवार भएको लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग पराजित भयो ।
कार्तिक १० बाट सुरु यस प्रतियोगितामा ७ प्रदेशको सहभागीता रहेको थियो ।
प्रतिक्रिया