अमेरिकाको हवाईस्थित टापुमा फैलिएको डढेलोबाट ५३ जनाको मृत्यु

अमेरिकाको हवाई टापुमा भएको भिषण आगलागीमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । खोजी तथा उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्नसक्ने बताइएको छ । प्रशान्त महासागरको हवाई टापुको जङ्गलमा लागेको डढेलो तिब्र गतिको आँधीका कारण माउई टापुको लहाइना शहरमा फैलिंदा धेरैको ज्यान गएको हो । डढेलोलाई डोरा तुफानबाट उत्पन्न भएको तेज हावाले तिव्र गतिमा फैलाउँदा सर्वसाधारणहरुले भाग्ने मौका समेत नपाएको बताइएको छ । गभर्नर जोस ग्रीनले हवाई टापुमा आगलागीका कारण अहिलेसम्मकै ठूलो क्षती भएको बताएका छन । १७ सय भवनहरू ध्वस्त भएका छन् भने ऐतिहासिक शहर लहैनाको ८० प्रतिशत भाग जलेर नष्ट भएको छ । आगलागी पीडित हजारौ नागरिकलाई अस्थायी आश्रय शिविरमा सारिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाई टापुमा ठूलो प्रकोप घोषणा गर्दै पुनस्र्थापनाका लागि आवश्यक कोष जारी गरेका छन् ।  क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले पुनस्र्थापना कार्यमा सघाउन विशेष क्षमतासहितको खोज र उद्धार टोली पठाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया