उत्तर कोरियाली सैनिकहरू रूसमा आफ्नो आक्रमणमा परेको युक्रेनको दाबी

एजेन्सी । रूसलाई युक्रेन सँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेका छन् । 

प्योङयाङका एकाइहरू माथि युक्रेनले गरेको यो पहिलो आक्रमण हो । मस्को सँगको सम्झौता अन्तर्गत प्योङयाङले १२ हजार सम्म उत्तर कोरियाली लडाकू सैनिक युद्धमा पठाउन लागेको बताइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रूसले पछिल्लो एक वर्ष देखि युक्रेनमा युद्धक्षेत्रको पहल कायम राखेको छ । पश्चिमी सैन्य सहयोग देशमा आइपुग्न धेरै समय लागेको युक्रेनी अधिकारीहरूले लामो समय देखि गुनासो गर्दै आएका छन् । अक्टोबरको शुरुमा रूसी फौजले पूर्वी युक्रेनमा सामरिक रूपले महत्वपूर्ण पहाड माथि रहेको भुह्लेदार शहर बाट युक्रेनी सैनिकलाई लखेटेका थिए । 

रूसको अर्को लक्ष्य सम्भवतः प्रमुख रसद केन्द्र पोक्रोभ्स्क र रणनीतिक रूपले महत्तत्व पूर्ण चासिभ यार शहर हुने बताइएको छ । रुसले युक्रेनका नागरिक क्षेत्रहरूमा लामो दूरीको हवाई आक्रमण जारी राखेको समाचारमा उल्लेख छ । 

दक्षिणी शहर जापोरिझ्झियामा मङ्गलबार बिहान भएको आक्रमणमा ६ जनाको मृत्यु भएको र १६ जना घाइते भएका छन । 

प्रतिक्रिया