इजरायली प्रधानमन्त्री नेतान्याहु द्वारा रक्षा मन्त्री ग्यालान्ट बर्खास्त
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षा मन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेका छन् ।
आफूहरू बीच ‘विश्वासको संकट’ रहेको भन्दै उनले रक्षा मन्त्रीलाई हटाएका हुन् । एक विज्ञप्ति जारी गर्दै नेतान्याहुले केही महिना यता ग्यालान्ट माथि उनको विश्वास ‘क्षय’ भएको उल्लेख गरेका छन् ।
युद्धको बिचमा, पहिले भन्दा बढी, प्रधानमन्त्री र रक्षा मन्त्री बच पूर्ण विश्वास आवश्यक रहेको प्रधानमन्त्री नेतान्याहुको भनाइ छ । ग्यालान्टले पनि सामाजिक सञ्जालमा इजरायल राज्यको सुरक्षा आफ्नो जीवनको मिसन भएको र सधैँ रहने बताएका छन् । उनको बर्खास्तगी सँगै तेल अभिभको सडकमा विरोध प्रदर्शन शुरु भएको छ ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नेतान्याहु र ग्यालान्ट बीच लामो समय देखि सम्बन्ध सुमधुर थिएन । गत वर्षमा इजरायलको युद्ध रणनीतिलाई लिएर उनीहरू बीच विवाद भएको विवरण सार्वजनिक भएको थियो ।
ग्यालान्टले गाजामा युद्ध जारी राख्नु अघि हमास सँगको बन्धक रिहाइ सम्झौतालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । यसलाई नेतन्याहुले अस्वीकार गरेका थिए । त्यस्तै, अल्ट्रा अर्थोडक्स नागरिकलाई सेनामा सेवा गर्न बाट छुट दिन जारी राख्ने योजनामा ग्यालान्ट असन्तुष्ट थिए ।
प्रतिक्रिया