राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने
काठमाडौं । पूर्वगृह मन्त्री समेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ ।
दिउँसो ४ बजे पोखराको मानवअधिकार चोक सहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने रा.स्व.पा.ले जनाएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालय बाटै पक्राउ परेका हुन् । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले कात्तिक ४ गते मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गरिएको थियो ।
अदालतले फेरी मंगलबार १० दिन म्याद थपको अनुमति दिएको छ । रवि पक्राउ परेको दिन देखि नै रा.स्व.पा.ले विरोध गर्दै आएको छ । मंगलबार प्रदर्शनका क्रममा निषेधित घेरा तोडेको भन्दै १५ जनालाई पक्राउ गरिएको थियो भने भिड नियन्त्रण गर्न ४ राउन्ड अश्रुग्यास समेत प्रहार भएको थियो ।
सूर्यदर्शन सहकारी बाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको छ । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा भएको कारबाहीको सिफारिस र कास्कीमा परेको किटानी जाहेरीका आधारमा रवि र छविलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको हो ।
प्रतिक्रिया