३८३ वर्ष पुरानो कात्तिक नाच आज देखि शुरु
काठमाडौं । ३ सय ८३ वर्ष देखि चलेको कात्तिक नाच आज देखि शुरु भएको छ ।
पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आज देखि कार्तिक नाच सञ्चालन हुन लागेको हो । यो नाच भगवान् विष्णुका १७ कथा सँग जोडिएको मान्यता छ । कात्तिक ३० गते सम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लीला अनुसारका नाच देखाइन्छ ।
यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले शुरु गरे देखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कात्तिक नाच’ चलाएको जनविश्वास छ । नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ ।
यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो । विगतमा २७ दिन प्रदर्शन हुँदै आएको भएपनि कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० दिनमा मात्रै सीमित गरिएको छ ।
प्रतिक्रिया