छठ पर्व नजिकिए सँगै केराको मूल्यमा भारी वृद्धि

काठमाडौं । छठ पर्व नजिकिए सँगै सिरहा लगायत तराई मधेशका जिल्लाहरुमा केराको मूल्य बढेको छ । 

छठ पर्वमा प्रमुख प्रसादका रूपमा प्रयोग हुने केराको माग बढे सँगै मूल्य पनि आकासिएको हो । विगतको तुलनामा यस वर्ष केराको मूल्य करिव ४० देखि ८० प्रतिशत सम्म बढेको छ । विगतका वर्षहरूमा ३ सय देखि ८ सय रुपैयाँ सम्ममा पाइने केराको घरी अहिले साधारणतया १३ सय देखि १८ सय रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । 

छठ पूजाका लागि सिरहामा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवा बाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारण् ाबाट ल्याइएको छ । 

स्थानीय किसानहरूले पर्याप्त मात्रामा केरा खेती नगर्दा र छठ पर्वको बेला माग अत्याधिक बढ्दा मूल्य आकाशिएको हो ।
 

प्रतिक्रिया