नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सीआईबीको नियन्त्रणमा

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो । भारतको एक संस्थाबाट जारी भएको भनिएको उनको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मा मेडिकल कलेज सञ्चालक पनि हुन् । उनी कांग्रेस नेता शेखर कोइराला निकट मानिन्छन् ।।
 

प्रतिक्रिया