गाजामा भएको इजरायली हमलामा हालसम्म ४३ हजारको मृत्यु, साढे २ लाख घाइते

एजेन्सी । गाजा सहरको पूर्वमा रहेको तुफाहमा भएको इजरायली हमलामा ४ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

हमला बाट सेनाले उत्तरी गाजा पट्टीको जबालिया शिविरको पश्चिममा आवासीय भवनहरूसमेत क्षतिग्रस्त बनाएको चिकित्सा स्रोतहरूले बताएका छन् ।

हमलामा, खान युनिसको पूर्वमा रहेका घरहरुमामा सेनाले बम प्रहार गरेपछि धेरै प्यालेस्टिनीहरू घाइते भएको जनाइएको छ ।

गत अक्टोबर देखि गाजा पट्टीमा सुरु भएको इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म ४३ हजार ३ सय ७४ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ । एक लाख दुई हजार २ सय ६१ जना घाइते भएका छन्  ।

हजारौं पीडितहरू भग्नावशेषमुनि बेपत्ता छन् भने कयौँ पहुँचविहीन सडकमा छरिएका छन् ।

प्रतिक्रिया