रविको समर्थनमा प्रदर्शन गरिरहेकाहरु माथि अश्रु ग्याँस प्रहार

काठमाडौं। राष्ट्रिय स्वतन्‍त्र पार्टी (रास्वपा)का  सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन गरिरहेकाहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

प्रदर्शनकारीहरु वाइचोकबाट निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो। 

प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका छन्।  

लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ। त्यही क्रममा रास्वपा कार्यकर्ताहरूले रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेको हो।

प्रतिक्रिया