कपनको खोला खन्न काठमाडौं नगर प्रहरी पुगेपछि स्थानीय आन्दोलित
महानगरपालिका– ७ साततले र बुढानीलकण्ठ नगरपालिका– १० बीचमा खोला खोल्ने विषयमा वादविवाद भएको छ। महानगर प्रहरी बलको टोली कपनको मिलनचोकस्थित खहरे खोला खोतल्न पुग्दा स्थानीय र नगर प्रहरीबीच झडप समेत भएको छ ।
वादविवाद बढ्दै जाँदा झडपको स्थिति सिर्जना भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। काठमाडौं महानगर खोला खोल्न डोजर र नगर प्रहरी लिएर गएपछि विवाद सुरु भएको थियो। अहिले दुई पक्षबीच वार्ता चलिरहेको छ।
महानगरका मेयर बालेन्द्र साहले वडाध्य्क्ष विमलकुमार होडालाई खोलाको कल्भर्ट खोल्न बुधबार निर्देशन दिएका थिए। सोहीअनुसार नगर प्रहरी र डोजरसहित वडाको टोली कल्भर्ट खोल्न पुगेको वडाध्यक्ष होडाले बताए।
काठमाडौं महानगरपालिकाले समन्वयन नगरी डोजर ल्याएर खोला खोतल्न थालेपछि समस्या उत्पन्न भएको बुढानीलकण्ठ नगरपालिकाको भनाई रहेको छ । ।
कपनस्थित खहरेखोला व्यवस्थापन नगर्दा काठमाडौं महानगरपालिका वडा ६ र ७ तथा बुनपा १० क्षेत्र बर्सेनि बस्ती डुबानमा पर्दै आइरहेको छ।
प्रतिक्रिया