रवि लामिछानेका समर्थकद्वारा पोखरामा विरोध प्रदर्शन

काठमाडौं। सहकारी ठगी प्रकरणमा म्याद थपका लागि मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालत लगिदै गर्दा समर्थकहरूले पोखरामा विरोध प्रदर्शन गरेका छन्।

पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले प्रतिशोधपूर्ण तबरले रविलाई फसाउन खोजिएको भन्दै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका छन्। 

लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ। यहीबीचमा समर्थक भने सडकमा भेला भएर सरकारमाथि दबाब बढाइरहेका हुन्। लामिछाने गत कात्तिक ३ मा काठमाडौँबाट पक्राउ परेका थिए। त्यसलगत्तै रास्वापाका नेता कार्यकर्तासहित समर्थकले विरोध गर्दै आएका छन्। 

प्रतिक्रिया