सुन प्रतितोला २ हजार ८ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  दुई हजार आठ सय रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला  एक लाख ६८ हजार दुई सय तोकेको छ । 

यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला  एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला  २१ रुपैयाँले घटेको छ । महासङ्घले एक तोला चाँदीको मूल्य  दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला  दुई हजार ९० मा कारोबार भएको थियो । 

प्रतिक्रिया