म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइयो

काठमाडौ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रा.स्व.पा.का सभापति रवि लामिछानेलाई कास्की अदालत लगिएको छ।म्याद थपका लागि मंगलबार उनलाई अदालत उपस्थित गराइएको हो। लामिछानेसंगै सहकारी ठगीमा पक्राउ परेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी र लिला पछाईंलाई पनि अदालत उपस्थित गराइएको छ।

रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए। उनलाई यसअघि दुई पटक म्याद लिएर अनुसन्धान गरिएको थियो। तिहारको सार्वजनिक बिदाका कारण म्याद थप गर्न नमिलेकोले आज म्याद थपका लागि उनीहरूलाई अदालत लगिएको हो।

जोशी असोज ६ गते र पछाईं असोज १४ गते पक्राउ परेका थिए। 

प्रतिक्रिया