एलन मस्कले मतदातालाई चुनाव अघिसम्म १० लाख डलर दिइराख्न मिल्ने फैसला

एजेन्सी । एक न्यायाधीशले विश्वका धनाद्य एलोन मस्कको राजनीतिक समूहले अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक हुने ठानिएका विभिन्न ‘स्विङ स्टेट’मा १० लाख डलर वितरण गर्न पाउने फैसला  सुनाएका छन्।

मस्कले निर्वाचनमा बढी मत भएका र प्रतिस्पर्धातमक हुने देखिएका राज्यहरूमा दर्ता भएका अमेरिकी मतदाताहरूलाई दिने भनी घोषणा गरिएको १० लाख अमेरिकी डलर उपहारको कार्यक्रम रोक्न माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ गर्दै ती न्यायाधीशले १० लाख डलर खर्च गर्न पाउने फैसला गरेका हुन्  । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार फिलाडेल्फियाका मुख्य अभियोजक ल्यारी क्रास्नरले मस्कको परियोजनालाई ‘अवैध चिट्ठा योजना’ भन्दै  मुद्दा दायर गरेका थिए । मस्कले यसै महिना दैनिक प्रतिस्पर्धाको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा मत दिने मतदातामध्ये एक जनालाई १० लाख डलर दिने बताएका थिए । उनले राष्ट्रपति निर्वाचनमा व्यापक प्रतिस्पर्धा रहेका सात वटा राज्यमा दैनिक एक मतदातालाई १० लाख अमेरिकी डलर  पुरस्कार दिने घोषणा गरेका थिए ।

स्पेसएक्स र एक्सका मालिक ५३ वर्षीय मस्कले गत जुलाईमा रिपब्लिकन पार्टीका तर्फ बाट राष्ट्रपति पदका उम्मेदवार  ट्रम्पलाई समर्थन गरेयता आफ्नो समय र पर्याप्त प्रभाव लाखौँ अमेरिकीलाई पारेका छन् । अमेरिकामा राष्ट्रपतिका लागि आज निर्वाचन भएरहेको छ ।

यो निर्वाचनमा रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस मैदानमा छन् । मस्कको अमेरिका ुपीएसीुले पुरस्कार दिने उक्त अभियान आज सम्पन्न हुने छ। अन्तिम प्रापक छनोट भइसकेको अमेरिकी धनाढ्यका वकिलले सोमवार भएको एउटा सुनुवाइमा बताएका थिए।

प्रतिक्रिया