मंगलबार अमेरिकी राष्ट्रपतिको निर्वाचन

एजेन्सी ।अमेरिकामा भोलि मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । 

आज चुनाबी प्रचारको अन्तिम दिन राष्ट्रपतिका उम्मेदवारद्वय  डोनाल्ड ट्रम्प र कमला ह्यारिसले मतदाताहरूलाई आफ्ना चुनाबी प्रचारका समापन सन्देशहरू बाड्नेछन् । 

अमेरिकी उपराष्ट्रपति समेत रहेकी ह्यारिस, डेमोक्र्याटिक र ट्रम्प रिपब्लिकन पार्टीका उम्मेदवार हुन् । चुनाबी रणभूमिमा रहेका दुबै उम्मेदवारहरू मध्ये को अमेरिकी राष्ट्रपति भवनभित्र छिर्ने हो त्यसको छिनाफानो भोलिको निर्वाचनले गर्नेछ । निर्वाचनको मत परिणाम बुधबार आउने वा त्योभन्दा बढी समय लाग्न सक्ने पनि बताइएको छ ।

चुनाव  जित्नेले जनवरी २०,२०२५ सोमवार संयुक्त राज्य अमेरिकाको संसद् ’यूएस क्यापिटल’ को परिसरमा आयोजना गरिने विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपतिको रुपमा  शपथग्रहण गर्ने छन्। उक्त समारोहमा नयाँ राष्ट्रपतिले देशको संविधानको रक्षा गर्ने वाचा गरेर राष्ट्रपतिका रूपमा पहिलो भाषण गर्ने छन्।

प्रतिक्रिया