मनसुन सुरु भएयता नेपालमा बाढी–पहिरोबाट पचास जिल्ला प्रभावित
एकचालिस जनाको मृत्यु, एकतिस जना अझै बेपत्ता
मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार जेठ ३१ मा मनसुन भित्रिए यता बाढीपहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१ जनाले ज्यान गुमाएका छन् । विपद्का घटना भएका ५० मध्ये २० जिल्लामा मानवीय क्षति भएको तथ्यांकले देखाएको छ । ३१ जना बेपत्ता छन् । विपद्का घटनामा परी ५५ जना घाइते भएका छन । यस्तै, बेपत्ता हुनेहरू ६ जिल्लाका छन् । संखुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरीका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । २८ जिल्लाका ५५ जना घाइते भएका छन् ।
विपदमा परेर कुल १ सय ३० घर पूर्ण रूपमा क्षति भएको छ । १ सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको थियो ।।
सुदुरपश्चिम डुवान
केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन अस्तव्यस्त तथा यातायात सेवा अवरुद्ध बनेको छ । बाढीपहिरोले कैलाली र डडेलधुरामा बढी नै क्षति भएको जनाइएको छरु। तराई पहाड जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध हुँदा तराईका कैलाली र कञ्चनपुरसँगको पहाडी क्षेत्रका सात वटा जिल्लाको यातायात सम्पर्क विच्छेद भएको छ । कैलालीमा बाढी तथा डुबान र डडेलधुरामा पहिरो र बाढीले क्षति पु–याएको छरु। डुबानका कारण कैलालीमा करिब दुई सय परिवार विस्थापित भएका छन् । विभिन्न नदीमा आएको बाढीका कारण घरबस्ती डुबानमा परेपछि प्रभावितलाई सुरक्षित स्थानमा सारिएको छरु। तीन दिनदेखिको लगातारको वर्षाका कारण कैलाली जिल्लाको दक्षिण क्षेत्र जलमग्न बनेको छ । स्थानीय मोहना, कान्द्रा, काँढा, खुटिया, पथरैयालगायतका नदीमा पानीको बहाव बढेको छ। बाढीका कारण भजनी नगरपालिकासहित दक्षिणी क्षेत्रका करिब २०० देखि २५० परिवार विस्थापित भएीका हुन । नगरपालिकाको नौ वटै वडामा डुबान भए पनि वडा नम्बर २, ३, ५, ७ र ८ पूरै जलमग्न रहेको जनाइएको छरु। यसैविच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग छिटो सञ्चालन गर्न निर्देशन दिएक छन । गोदावरी नगरपालिका–४ स्थित भावर क्षेत्र बुढीतोलामा खसेको पहिरोको स्थलगत अवलोकन गर्दै उनले यस्तो निर्देशन दिएका हुन । पहिरोले राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको यातायात ठप्प भएको छ ।।
सिन्धुली पहिरो
मकवानपुरको बागमती र काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका छुट्टाउने सिक्रे दोभानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका मध्ये थप एकजना मृत फेला परेका छन् । मंगलबार पहिराले घर बगाउँदा बेपत्ता भएका मध्ये डेढ वर्षीया दिब्या पहरी सिन्धुली हरिहरपुरगढी–तीन बनौलि स्थित बागमती खोलाको किनारमा फेला परेकी हुन् । योसँगै पहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि अक्कलबहादुर स्याङ्तान, शिला पहरी र सन्त स्याङतानको नै मृत्यु भएको थियो । पहिरोमा परेर दुई जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी र उनका छोरा चार वर्षीय मिलन पहरी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोमा परेका सिन्धुली हरिहरपुर–१ का १७ वर्षीय पासाङ घिसिङको भने साँझ जीवितै उद्धार गरिएको थियो । घिसिङको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।।
प्रतिक्रिया