रवि लामिछानेमाथि प्रतिशोध साँधियो, नयाँ शक्तिहरु एक हुनुपर्छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले तिहार र छठपछि नयाँ शक्तिहरु गोलबद्ध हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उनले सुशासनको बृहत् एजेण्डामा नयाँ शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताएका हुन् ।

लामिछानेलाई कात्तिक १७ गते हिरासतमा भेट्न गएको विषय जानकारी दिँदै उपसभापति वाग्लेले राजनीतिक प्रतिशोधको लागि आफ्ना सभापतिलाई अनावश्यक प्रहरी हिरासतमा राखिएको बताए ।

सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित गर्दै ८० वटा सामान्य प्रश्नको मात्र बयान लिएको र अनुसन्धान गर्दा खासै नयाँ कुरा नआएको रवि लामिछानेको भनाइ उधदृत गर्दै वाग्लेले भने ।

उपसभापति वाग्लेका अनुसार भेटघाटका क्रममा सभापति लामिछानेले आफु हिरासतमुक्त हुनेमा मनोबल उच्च रहेको बताएका थिए ।

सभापति लामिछानेले अर्को तीन वर्षसम्म ओली, राणा र देउवाकै सेरोफेरोमा शासन चल्दा के देशको बेहाल हुनेहोला ? भनेर प्रश्न गर्दा उत्तरमा फरिद जकारियाद्वारा लिखित नयाँ पुस्तक ‘एज अफ् रिभुलेशन’ दिएर आएको वाग्ले बताउछन् ।

सहकारी ठगि तथा संगठित अपराधको कसुरमा सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले निरन्तर सरकारविरुद्ध आन्दोलन गर्दे आएको छ ।

कात्तिक २ गते पक्राउ परेका सभापति लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । यसअघि अदालतले हिरासतमा राख्न उनलाई दुई पटक म्याद थप गरिसकेको छ । तर, कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिएको हो । तिहार बिदाका कारण उनी आजसम्म्म प्रहरी हिरासतमै छन् ।

पोखरामा सहकारी ठगी सम्बन्धमा अनुसन्धान सकिएकोले मङ्गलवार अदालत पेश गराउने प्रहरीको तयारी छ । त्यसपछि पक्राउ पुर्जी जारी भएकाले अनुसन्धानका लागि सभापति लामिछानेलाई रुपन्देही लिने तयारी भइरहेको छ ।

प्रतिक्रिया